मोटरसाइकल दुर्घटना हुँदा बारामा दुई जनाको मृत्यु, एक जना घाईते

माघ २ गते बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
जिल्लाको महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको रहेको बारा प्रहरीले जनाएको छ । सो दुर्घटनामा परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।
बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानिय तहमा लागेको मेला हेरेर घर फर्किँदै गरेका उनीहरु सवार मोटरसाइकल गए राति ९ बजे अनियन्त्रित भइ थलही पुलमुनि खस्न पुगेको थियो । मृतक दुबै जनाको शव थलही खोलामा फेला परेको थियो ।

16 Push 077 final